(१) विश्वविद्यालयको भौतिक साधन र आर्थिक श्रोतको सङ्कलन तथा परिचालन गर्ने कामको लागि देहाय बमोजिमका सदस्यहरु भएको एक साधन–श्रोत परिषद् हुनेछः–
(क) कार्यकारी परिषद्बाट मनोनीत व्यक्ति अध्यक्ष
(ख) डीनहरु मध्येबाट तीन जना सदस्य
(ग) क्याम्पस प्रमुखहरु मध्येबाट तीन जना सदस्य
(घ) उद्योगपति, व्यापारी तथा कृषक तथा चन्दादाताहरु मध्येबाट आठ जना सदस्य
(ङ) विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको नगर कार्यपालिकाको प्रमुख समेत रहने गरी विश्वविधालयको केन्द्रीय कार्यालय रहेको प्रदेश अन्तर्गतका नगर कार्यपालिकाका प्रमुखहरूमध्येबाट चारजना - सदस्य
(च) …………………..
(छ) लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्येबाट तीन जना सदस्य
(ज) रजिष्ट्रार सदस्य–सचिव
(२) पदेन सदस्यहरु वाहेक अन्य सदस्यहरुको मनोनयन कार्यकारी परिषद्ले गर्नेछ ।
(३) अध्यक्ष र मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरुको पुन मनोनयन हुन सक्नेछ ।
(४) साधन–श्रोत परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्म बैठक सम्बन्धी कार्यविधि साधन–श्रोत परिषद् आफैले निर्धारण गर्नेछ ।